बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सुर्खेतमा माइक्रो र बस ठोक्किँदा ८ जना घाइते

  • प्रकाशित मिति : सोमवार, बैशाख १०, २०७५



  • सुर्खेत, वैशाख १० । सुर्खेतको भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकापसमा ठोक्किँदा सोमबार ८ जना घाइते भएका छन् ।

    नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे१ख ६५५७ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे१ख २२६७ नम्बरको बस एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    घाइतेमध्ये पाँचजनाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको छ भने तीनजनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij