बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोटरसाइकलले पाँचजनालाई ठक्कर दियो, एकजनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ११, २०७५



  • कञ्चनपुर, वैशाख ११ । कन्चनपुरको कृष्णपुरमा सोमबार बेलुका एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

    कञ्चनपुर, वैशाख ११ । कन्चनपुरको कृष्णपुरमा सोमबार बेलुका एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

    बेलुकी पौने ९ बजे से४प २४१७ नम्बरको मोटरसाइकलले पाँचजनालाई ठक्कर दिएको हो ।

    मृत्यु हुनेमा कृष्णपुर–१ का १५ वर्षीय प्रकाश बोहोरा छन् । उनको उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको हो ।

    अन्य चारजनाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    नियन्त्रण गुमाएको मोटरसाइकलले बोहोरा सहित ५ जना पैदलयात्रीलाई एकै साथ ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij