बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ताला लगाएर पेट्रोलियम ढुवानी

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ११, २०७५



  • भैरहवा, वैशाख ११ । नेपाल आयलग निगमको रुपन्देहीको भलबारीस्थित क्षेत्रीय कार्यालयले तेल ट्यांकरमा मंगलबारदेखि सुरक्षात्मक लकिङ प्रणाली लागू गरेको छ ।

    बाटोबाट हुने चुहावट तथा चोरी रोक्ने उद्देश्येले ट्यांकरमा ‘सिल’का साथै ताला लगाएर पेट्रोलियम ढुवानी गर्न थालिएको हो ।

    निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरहरुमा पेट्रोलियम पदार्थ ‘लोड’ गरेपछि ताला लगाएर ढुवानीको सुरुआत गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij