बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वर्षेनि १ हजार १२८ जनामा औलो

  • प्रकाशित मिति : बुधबार, बैशाख १२, २०७५



  • काठमाडौं, वैशाख १२ । ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नारासहित विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा औलो रणनीतिक योजना २०१४–२०२५ को कार्यान्वयन सुरु भइसकेको जानकारी दिइयो ।

    औलोरोगको प्रमुख सूचक मानिने वार्षिक परजीवी दर ‘एपीआई’लाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न नदिइ सन् २०१८ सम्ममा बिरामीको संख्या ९० प्रतिशतले घटाउने र औलो संक्रमण भएका जिल्लाको संख्या ७० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ ।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागका प्रमुख डा. गुणराज लोहनीले औलोरोग नियन्त्रण कार्यक्रम सन्चालन भएपनि औलो समस्या भने निवारण हुन नसकेको गुनासो गरे ।

    यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले जलवायु परिवर्तनका कारण चिसो मौसममासमेत लामखुट्टेको समस्या देखापर्न थालेको बताए ।

    हाल ‘क्लिनिकल’ औलो बिरामीको संख्या ३ हजार ९०४ रहेको र वर्षेनि १ हजार १२८ जनामा औलो देखिने गरेको सरकारी तथ्यांक छ ।

    एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने औलोरोगबाट विशेषगरी गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुन्छन् ।

    तराई र भित्री मधेसका जिल्लाहरुमा औलोरोगको संक्रमण बढी देखिने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij