बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

‘३५ हजार बढी पराकम्पन’

  • प्रकाशित मिति : बुधबार, बैशाख १२, २०७५



  • काठमाडौं, वैशाख १२ । नेपाल जुनसुकै समय भूकम्पीय जोखिमका दृष्टिले खतरामा रहेको भूकम्पविद्हरुले बताएका छन् ।

    नेपाल, अफगानिस्तानदेखि बर्मा उच्च भूकम्पीय जोखिमको क्षेत्र भएकाले कुनैपनि बेला भूकम्प जानसक्ने खानी तथा भूगर्भ विभागका भूकम्पविद् चिन्तन तिम्ल्सिनाले बुधबार हामीसित बताए ।

    वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पपछि हालसम्म साना–ठूला गरी ३५ हजारभन्दा बढी पराकम्पन गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

    यसक्रममा ४ म्याग्निच्यूडभन्दामाथिको भूकम्प (पराकम्पन) ४९१ पटक गएको केन्द्रले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij