बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

लगानीमैत्री वातावरण बन्दै : गभर्नर नेपाल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०७५



  •  

    काठमाडौं, वैशाख १४ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् ।

    केन्द्रीय बैंकको ६३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।

    तीनै तहको निर्वाचनपश्चात् मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको, ऊर्जा आपूर्तिमा आएको सुधार, पुनःनिर्माणमा आएको गति र सरकारी प्रतिबद्धताका कारण लगानीमैत्री वातावरण बन्दै गएको उनले उल्लेख गरे ।

    यस पृष्ठभूमिमा वित्तीय साधनको विवेकपूर्ण उपयोगलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि र स्थायित्वमा योगदान पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij