प्रकाशित मिति : शनिबार, बैशाख १५, २०७५
मधु पौडेल , बाँके । शिव पार्वती एवं काली माता मन्दिर व्यवस्थापन समितिले शनिबार आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
नेपालगंज नगरपालिका अन्तरगत पर्ने वडा न १८ लग्दहवामा रहेको सो मन्दिर व्यवस्थापन समितिले साधारण सभा सम्पन्न गरेको हो ।
सभाको उद्घाटन पहिलो सत्रका प्रमुख अतिथिका रुपमा सोही वडा का वडा अध्यक्ष दिपक वर्मा रहेका थिए ।
वर्माले शिव पार्वती मन्दिर को अवस्था निकै कमजोर रहेको हुदाँ वडाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए । उनले भने,“अहिले वडा तथा नगरले विकास निमार्णलाई बढि प्राथमिकता दिएको ह’दाँ विभिन्न धार्मिक स्थलको बारे ध्यान दिन सकेको छैन । तर यति भन्दै गर्दा वडाले शिव पार्वती एवं काली माता मन्दिरलाई सहयोग नगर्ने भन्ने होइन ।”
वडा अध्यक्ष वर्माले अहिले सबैले आफ्नो संस्कृति विर्सदै गएको बेलामा लग्दहवा बाकेले गरेको कार्यक्रम निकै राम्रो भएको बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरदेव वक्स क’र्मीको सभापतित्वमा सम्पन्न भएको थियो । सदस्य किशोर लामा ले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ज्योती प्रसाद श्रेष्ठले गरेका थिए । सभामा बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समितिका सहसचिव ओम प्रकास वर्माले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij