प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५
आज मिति :२०७५/०१/१७ गते सोमवार,तदनुसार ३० अप्रिल २०१८ बैशाख शुक्ल पक्ष पूर्णिमा तिथि विहान ०६ : ०८ सम्म । आजको नक्षत्र स्वाती दिवा १४ : ४० वजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१, ९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) धनलाभ हुने दिन छ । यात्राबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । अध्ययनमा रुचि दिन रहेको छ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । यात्रा हुन दिन रहेकोेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) आर्थिक उन्नति तथा धनलाभ हुनेछ । यात्रा फलदायी हुनेछ । नयाँ कामको थालनि गर्न आजको दिन शुभ रहेको छ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । काममा बाधा, शत्रुको भय हुनेछ । स्वास्थ्यमा समस्या देखिएला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनेछन् । कार्य सफल हुनेछ । आज यात्राको योग रहेकोछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) ऐश्वर्य प्राप्तिको योग छ । मनले चिताएका कामहरु पुराहुनेछन् । पारिवारीक शुख प्राप्त हुने छ । प्रेमिल दिन व्यतित हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्य राम्रो रहने छ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ । अध्ययनमा रुचि बढने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको । कुराकाट्नेहरु धेरै हुनेछन् । अध्ययनमा रुचि घट्ने छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । धनलाभहुने दिन रहेको छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । धन प्राप्तिको योग छ । मित्रहरुबाट सहयोग मिल्ने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । आज रमाइलो यात्रा हुने दिन रहेकोछ । पराक्रम बढने छ । उत्तम वस्त्र प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मानसिक भयले सताउने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij