बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

माइक्रोबस दुर्घटनाका घाइतेमध्ये दुईजनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५



  • विराटनगर, वैशाख १७ । मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा सोमबार बिहान माइक्रोबस दुर्घटनामा घाइतेभएका मध्ये दुई जनाको मृत्यु भएको छ ।

    झापा भद्रपुर–१५ की ५१ वर्षीय उमा निरौला र सोही ठाउँकी ५२ वर्षीय श्यामा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार उनीहरु दुबैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।

    दुर्घटनामा घाइते १० जनाको उपचार भइरहेको छ ।

    झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना भएको हो ।

    घाइतेमध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा तीन जनाको, गोल्डेन अस्पताल र दुई जनाको इटहरीमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij