बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

झापाबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना, ११ जना घाइते

  • प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५



  • विराटनगर, वैशाख १७ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।

    झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा४ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना भएको हो ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि इटहरी र विराटनगर लगिएको छ ।

    माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij