बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

शान्तिनगर गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • बिनिता शर्मा , दाङ । शान्तिनगर गाउँपालिकामा अभिमुखीकरण कार्यक्रममा आज सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार जननिर्वाचित पदाधिकारी र कर्मचारीहरुका लागि सकारात्मक सोच र स्थानीय सरकार संचालन सम्बन्धि २ दिबशीय अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
    सो कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडाध्याक्ष,सदस्य,गाउँपालिकाका सबै कर्मचारी,सबै वडा सचीव,सामाजिक परिचालक,बिषयगत शाखाका कर्मचारीहरु लगायत ६० जनाको उपस्थिति रहेकोे छ ।
    उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष कमान सिङ डाँगीले गर्नुभएको थियोे । साथै उहाँले ब्यानर पढेर कार्यक्रमको समउदघाट्न गर्नु भएको थियो । कार्यक्रमको उदेश्य तथा सहभागिलाई स्वागत प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सिले गर्नु भएको थियो ।
    सो कार्यक्रम स्वास्थ स्वयंसेवक हरि पुनले गर्नुभएको थियोे । सो कार्यक्रमको सहजीकरण नेपाल सरकारका पुर्बसहसचिब तथा बरिस्ठ प्रशिक्षक रमेश कुमार अधिकारिले गर्नुभएको कुरा शान्तिनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सिले जलजलाखबर संग बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij