बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सोलुखुम्बुमा अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री वितरण

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५



  • सोलुखुम्बु, वैशाख २० । सोलुखुम्बुमा अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ ।

    बिहीबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ‘क’ र ‘ख’ वर्गका ३० जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो ।

    कार्यक्रममा ११ जनालाई ह्विलचियर, दुईजनालाई ट्राइसाइकल, ८ जनालाई सेतोछडी, चारजनालाई स्टिक र पाँचजनालाई वैशाखी वितरण गरिएको अपांग सशक्तिकरण समाज केन्द्र सोलुखुम्बुकी अध्यक्ष नर्वदा गिरीले जानकारी दिइन् ।

    राष्ट्रिय अपांग पुनःस्थापना समाज अनामनगर, सोलुदूधकुन्ड नगरपालिका र महिला तथा बालबालिका कार्यालय सोलुखुम्बुको सहयोगमा सामग्री वितरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij