बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मापसे गर्ने शिक्षकको जागिर गयो

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५



  • जाजरकोट, बैशाख २२ । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

    शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो ।

    मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए ।

    बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij