मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • लहान, वैशाख २३ । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सन्चालन भइरहेको छ ।

    कुल ५० शय्याको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् ।

    अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेन्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक, परामर्शदाता मनोरोगविशेषज्ञ, कन्सल्टेन्ट एनेस्थियोलोजिष्ट, जनरल फिजिसिएन रेडियोजोलिष्ट एक/एक गरी ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि अहिले एकजना पनि स्थायी चिकित्सक छैनन् ।

    अस्पतालमा हाल करारमा रहेका स्त्रीरोगविशेषज्ञ विनय महासेठ र फिजिसियन गंगाप्रसाद यादवलगायत ६ चिकित्सकले बिरामीको उपचार गर्दैआएका छन् ।

    अस्पतालका मेसु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. चुमनलाल दास बढुवा भएर सरुवा भएपछि अस्पतालमा हाल मेसुको पदसमेत रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

    मेसुसहित एकैपटक ठूलो संख्यामा स्थायी चिकित्सकको आभाव हुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयवासीले बताएका छन् ।

    चिकित्सक तथा प्राविधिकको अभाव भएपछि अस्पतालमा बिरामीको उपचारमा समस्या हुनाका साथै नयाँ स्वास्थ्य सेवासमेत सन्चालन गर्न कठिनाइ भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशकुमार कर्णले जानकारी दिए ।

    करारका चिकित्सकको आगामी असार मसान्तसम्ममात्र म्याद रहेकाले त्यसपछि पूर्णरुपमा अस्पताल चिकित्सकविहीन हुने उनले बताए ।

    चिकित्सक पठाइदिन विभाग र मन्त्रालयमा पटक–पटक आग्रह गर्दासमेत हालसम्म कुनै चिकित्सक नपठाइएकाले अस्पतालमा उपचार सेवा प्रभावित हुँदै आएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij