बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगोलागी

  • प्रकाशित मिति : आइतवार, बैशाख २३, २०७५



  • रसुवा, वैशाख २३ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आइतबार मध्याह्नदेखि आगोलागी भएको छ ।

    प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीकाअनुसार ब्राबलपाखा क्षेत्रको त्रिशूली नदी किनारबाट अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् ।

    डढेलो क्षेत्र अधिकांश भीर–पहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ ।

    डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij