बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

यसरी मुक्तिनाथ मन्दिर प्रवेश गरे मोदी

  • प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५



  • त्रिभुवन विमानस्थलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्रिनाथ दर्शनको लागि आज विहान मुस्ताङ प्रस्थान गरे ।

    उनलाई त्यहाँ प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत वरिष्ठ अधिकारीले मोदीलाई स्वागत गरेका थिए ।

    मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका थिए ।

    त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।  दृश्यावलोकनको बेला मोदी निकै आनन्दको मुद्रामा देखिएका थिए । उनले आनन्दको महसुस गरिरहेका थिए ।

    मोदीले केहीबेर आराम गरे । उनले वस्त्र परिवर्तन गरे । मोदी रातो कलरको ज्याकेटमा  मन्दिर प्रवेश गरे ।

    मन्दिर भित्र प्रवेश गर्नु अघि आनी र बटुककहरुले मोदीको स्वागत गरेका थिए । त्यसपछि मोदी मन्दिर भित्र पूजाआजाको लागि प्रवेश गरेका हुन् । उनले लगभग ३० मिनेट पूजाआजा गर्नेछन् ।

    मोदीले मन्दिरमा भेटी पनि चढाएका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij