प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५
आज मिति : २०७५/०१/३१ गते सोमवार तदनुसार १४ मे २०१८,ज्येष्ठ कृष्ण पक्ष चतुर्दशी तिथि साँझ १९:१७ बजे सम्म । आजको नक्षत्र अश्विनी विहान ११:५९ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८६८६५११२१,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) कामहरु बन्दै जाने, आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसाय सफल रहला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुनेछ । धन आर्जनको योग बनेको छ । उपहार प्राप्त हुन सक्नेछ । अध्ययन अध्यापनको मार्ग शुभ रहेकोछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) आफन्तहरु संग झगडा हुनसक्छ । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij