बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्रदेशसभा सदस्य लामिछानेको निधन

  • प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५



  • भक्तपुर, वैशाख ३१ । प्रदेश नम्बर–३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारकाक्रममा निधन भएको छ ।

    वि.सं. २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारकाक्रममा निधन भएको हो ।

    आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश नम्बर–१ ‘ख’बाट नेकपा एमालेका तर्फबाट निर्वाचित भएका लामिछाने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

    आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घन्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij