बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

शंकराचार्यद्वारा वनकालीमा आशिर्वचन

  • प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५



  • काठमाडौं, वैशाख ३१ । भारतको उडिसास्थित गोबद्र्धनमठ पुरीका पीठाधीश जगद्गुरु शंकराचार्यले सोमबार पशुपतिनाथको वनकालीमा आयोजित कार्यक्रममा आशिर्वचन दिएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत सहभागी कार्यक्रममा शंकराचार्यलाई अभिनन्दन गरिएको थियो ।

    उनले संस्कृत विद्वान् तथा जर्मन नागरिक प्रोफेसर डा. दिवाकर आचार्यद्वारा लिखित गुह्येश्वरीसम्बन्धी नामक पुस्तकको विमोचन पनि गरे ।

    नेपालको १० दिने भ्रमणमा आएका जगद्गुरु शंकराचार्यले काठमाडौंको टुँडिखेल, चितवन, हेटौंडा र वीरगन्जमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

    उनीद्वारा लिखित धर्म दर्शनसम्बन्धी १६१ ओटा पुस्तक विश्वविख्यात छन् । उनी गोबर्धनमठ पुरीका १४५औं शंकराचार्य हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij