बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कामीरिता शेर्पाले २२ औं पटक सगमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५



  • काठमाडौं, जेठ २ । नेपाली नागरिक कामीरिता शेर्पाले २२ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

    बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका हुन् ।

    कामीरिताले आरोहणमा जानुअघि आफूले आप्पाको कीर्तिमान तोड्न नभइ काम र बाध्यताले जान लागेको बताएका थिए ।

    पासाङल्हामु गाउँपालिका–५, थामे, सोलुखुम्बुका ४८ वर्षीय कामीरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढीपटक पाइला राख्ने आरोही बनेका छन् ।

    कामीरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ गरेका थिए ।

    कामीरिताले एकै वर्ष दुईपटकसम्म पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij