बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

धुम्बाराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४, २०७५



  • काठमाडौं, जेठ ४ । काठमाडौंको धुम्बाराहीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति अन्दाजी ११ बजे धुम्बाराहीस्थित सडकखण्डमा सुकेधाराबाट महाराजगंजतर्फ जाँदै गरेको ना६ख ३६०९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा२६प ५५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    मृत्यु हुनेमा उदयपुर घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ३५ वर्षीय हेमबहादुर निरौला रहेको महाशाखाले जनाएको छ ।

    दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल पछाडी सवार निरौलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधनहरू चालकसहित महानगरीय प्रहरी वृत्त महाराजगंजको नियन्त्रणमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij