बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

करेन्ट लागेर दुई युवतीको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ५, २०७५



  • बागलुङ, जेठ ५ । बागलुङको काठेखोला गाउँपालिका–६, बिहुँकोटका दुई युवतीको करेन्ट लागेर शनिबार ज्यान गएको छ ।

    जंगलबाट स्याउला लिएर घर फर्कनेक्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।

    ‘हाइटेन्सन लाइन’को पोलबाट विद्युत् प्रवाह भइ करेन्ट लागेको जनाइएको छ ।

    बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेलापरेका थिए ।

    जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाएपनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण घटना भएको उनीहरुको आरोप छ ।

    मृतकका आफन्तले घटनाको जिम्मेवारी लिइ प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij