बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • बारा, जेठ ६ । नेपाल आयल निगमले बाराको अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा पनि लकिङ प्रणाली जडान गरेको छ ।

    अमलेखगञ्जस्थित निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणाली जडान गरेका हुन् ।

    भारतको रक्सौल र बरौनीबाट लोड भएर अमलेखगञ्ज आउने ट्यांकरहरुमा लक लगाइएको हो । रक्सौलबाट अमलेखगञ्ज, पोखरा, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा समेत पेट्रोलियम पदार्थ जाने गरेको र चुहावट प्रमूख समस्या देखिएको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए ।

    लकिङ प्रणाली जडानपछि पेट्रोलियम पदार्थ चुहावट रोकिने निगमको विश्वास छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij