बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीमा श्रद्धाञ्जलीसभा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५



  • काठमाडौं, जेठ ८ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ७ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

    सिद्धिचरण स्मृति प्रतिष्ठानले काठमाडौंको ओमबहालमा रहेको युगकवि श्रेष्ठको प्रतिमास्थलमा श्रद्धाञ्जली सभा गरेको हो ।

    कार्यक्रममा साहित्यकारहरुले युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

    सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यिक फाँटमा युगकवि र नेपाल भाषाका कविरत्नका रुपमा प्रसिद्ध छन् ।

    ओखलढुंगामा जन्मिएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ लगायतका गीत चर्चित छन् ।

    नेपाली र नेवारी भाषामा गरी उनका कयौं कृति प्रकाशित छन् ।

    १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखे वापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij