बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

क्यासिनोमा छापा, दुईजना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५



  • काठमाडौं, जेठ ८ । महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुईजनालाई पक्राउ गरेको छ ।

    महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

    गैरकानुनीरुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातओटा क्यासिनोमा छापा मार्दा दुईजनालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई जुवा ऐनअनुसार कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij