बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु, दुईजना घाइते

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • धादिङ, जेठ ९ । पृथ्वी राजमार्गकोे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को हुग्दी खोलाको पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

    धादिङ, जेठ ९ । पृथ्वी राजमार्गकोे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को हुग्दी खोलाको पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

    काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना५ख १५६८ नम्बरको ट्रक आज बिहान तीब्र गतिका कारण पुलबाट हुग्दी खोलामा खसेको थियो ।

    मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षीय शेरबहादुर सोमह मगर छन् । दुर्घटनामा घाइेते हुनेमा मध्यविन्दु १० कै मनोज आले र अर्घाखाँची जिल्ला गंगा नगरपालिका घर भएका लेखबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई प्रहरीले उद्धार गरि राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij