बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जोन अब्राहम सुटिङका लागि नेपाल आउँदै?

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५



  • बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। अजय कपुरले निर्माण गर्ने  नयाँ फिल्म ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन्।

    ६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने खबर ‘टाइम्स अफ इन्डिया’ले प्रकाशित गरेको छ।

    फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू हुनेछ।

    फिल्मलाई रोबी ग्रेवालले गर्दैछन्। फिल्ममा जोन विभिन्न अवतारमा देखिनेछन्। नेपालमा कुन कुन ठाउँमा फिल्मको छायाँकन गरिनेछ भन्ने बारेमा भने केहि खुलाइएको छैन्।

    जोन यतिबेला आफ्नो होमप्रोडक्सन फिल्म ‘परमाणु: द स्टोरी अफ पोखरन’को प्रचारमा व्यस्त छन्। फिल्म भोलि शुक्रबार रिलिज हुँदैछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij