बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चितवनका थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ ।

    जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो ।

    सो रेष्टुरेण्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको थियो । ती कुखुराको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकामा बर्डफ्लू प्रमाणित भई आएपछि त्यहाँ रहेका २६ कुखुरा नष्ट गरिएको खरेलले बताए ।

    त्यस्तै सब्जीमण्डीमा १० पसलमा स्थानीय जातका कुखुरा, ब्रोइलर कुखुरा र हाँस रहेकामा तिनीहरुलाई नष्ट गर्ने काम शुरु भएको छ ।

    बालकुमारी सब्जीमण्डी क्षेत्रमा के कति पक्षी छन् भनी बुझ्ने काम भइरहेको छ ।

    दुवै ठाउँको नमूना दुई दिनअघि पठाइएकोमा बुधबार राति नतिजा आएसँगै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    यही जेठ ३ गते पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा दुई फर्ममा बर्डफ्लू देखा परेपछि त्यस क्षेत्रका पक्षी नष्ट गरिएको थियो । जिल्लामा ठाउँ ठाउँमा बर्डफ्लू देखा परेपछि उच्च सतर्कता अपनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij