बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुस्ताङबाट ४० करोड रुपैयाँ बराबरको स्याउ निर्यात

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • मुस्ताङ, जेठ ११ । मुस्ताङबाट चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ ।

    जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा ४० करोड रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको जनाएको हो ।

    मुस्ताङमा १२ सय हेक्टरमा स्याउ खेती गरिएको छ । जसमध्ये ४१५ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिन थालेको छ ।

    यस वर्ष मुस्ताङबाट ५३ सय मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष ४८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

    स्याउका लागि राम्रो हावापानी भएको मुस्ताङमा १३ प्रजातिका स्याउको खेती हुने गरेको छ । यहाँ उत्पादित स्याउ विदेशमा समेत निर्यात हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij