बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कालीगन्डकीमा बेपत्ता दुई युवकमध्ये एकको शव फेला

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५



  • पाल्पा, जेठ ११ । कालीगन्डकी नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एकजनाकोे शव शुक्रबार फेलापरेको छ ।

    बिहीबार दिउँसो नुहाउनेक्रममा बगनासकाली गाउँपालिका–६, यम्घानजिकैको कालीगन्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    कुलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको थियो ।

    सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो ।

    उद्धार गरिएको दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij