प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५
तत्काल स्मार्ट काडै प्रिन्ट गर्ने कम्पनी नेपालमै स्थापना भएको छ। मालिका इन्ककर्पोरेट प्रालीले अमेरिकन कम्पनी जेब्रासँगको सहकार्यमा सेवा सुरु गरेको हो।
कम्पनीले स्मार्ट हस्पिटल प्रोजेक्ट, स्मार्ट स्कुल ÷ कलेज प्रोजेक्ट, स्मार्ट लाइसेन्स प्रोजेक्ट, स्मार्ट ब्लुबुक प्रोजेक्ट, स्मार्ट आइडी कार्ड, डिजिटल लालपुर्जा र बैंकिङ सम्बन्धि काम गर्ने बताइएको छ।
अहिले नेपालमा २ लाख ५० हजार भन्दा धेरै जना चिटको भरमा सवारी चलाउन बाध्य रहेको अवस्थामा यो काम आफुहरुले सम्हाल्न पाए ३ महिना भित्र सबैलाई कार्ड वितरण गर्न सक्ने कम्पनीका अध्यक्ष टिकाराम जैसीले दावी गरे ।
‘ हामी १४ वटै यातायात कार्यालयहरुमा आवश्यक प्रिन्टर राख्न सक्षम छौ, जसले आवस्यकता अनुसार दैनिक १० औं हजार कार्ड छापेर यो समस्या हल गर्न सक्छौ।
कम्पनीले स्कुल कलेजहरुको लागि स्मार्ट आइडी कार्ड र समेत बनाउछ। यस कार्डको मद्धतले शिक्षक, विद्यार्थी र स्कुल÷कलेज विच सिधा सम्पर्क गर्न सकिने, विद्यार्थीको भर्ना, बाँकी शुल्क, प्रोग्रेस रिपोर्टए सबै चाहिने कुरा राख्न सकिने कम्पनीले जनाएको छ।
यी बाहेक कम्पनीले अस्पतालको विरामीले कागजको झण्झट गर्नु नपर्ने प्रविधी समेत भित्रायको छ। विस व्याण्ड नामक डिभाइस हातमा लगाएर डाक्टरको मोवाइलबाटै विरामीको पुरानो प्रिप्किप्सन हेर्न सकिने अध्यक्ष जैसीले जानकारी दिए।
बैंकिङ कार्ड, राष्ट्रिय परिचय पत्र लगाएतको काम द्रुत गतिमा गर्न सक्ने कम्पनीको दावी छ।
उद्घाटन कार्यक्रममा नेकपाका नेता जनार्दन शर्माले आफ्नो सरकारी भत्ता लिनको लागि बैंक खाता खोल्न जादा एटिएम लिन धेरै समय पर्खनु परेको स्मरण गर्दै यस्ता कम्पनीले नेपालको आइटी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij