प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५
मधु पौडेल , बाँके । बालक्लव तथा पदाधिकारीहरुका लागी क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिमको आज शुक्रबार समापन भएको छ ।
विद्यालय स्तरीय वालक्लव गठन पछि वालक्लवको व्यवस्थापन तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरीएको जिल्ला बालक्लव संजाल बाके सदस्य पुजा वर्माले वताउनु भयो ।
सदस्य वर्माका अनुसार पुरैनी आधारभुत विद्यालय पुरैनीमा नदिम इद्रीसी र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किंघरीयनपुरुवामा वेलदार किंघरीया को अध्यक्षतामा एघार सदस्यीय विद्यालय स्तरीय बाल क्लव गठन गरी उनीहरुलाई तालिमको दिएको थियो ।
नेपालगंज उपमहानगरपालिका २२ न वडा समितिको कार्यालय पुरैनीको सहयोग र जिल्ला वाल क्लव संजाल बाकेको आयोजनामा उक्त तालिमको अयोजना गरीएको थियो ।
जिल्ला वाल क्लव संजाल बाके अध्यक्ष अञ्जना चर्तुवेदीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका २२ का वडा अध्यक्ष विद्याराम वर्मा प्रमुख अतिथि रहेको थियो ।
बालअधिकार स्रोत व्यक्ति बाके नेपालगंजका भिम अवस्थीले तिन दिन सम्म प्रशिक्षण गर्नु भएको सो तालिमको समापन कार्यक्रमको संचालन जिल्ला बालक्लव संजाल बाके सदस्य पुजा वर्माले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय स्तरमा गठन भएका वालक्लवहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री प्रदान गरीएको वडा अध्यक्ष वर्माले जनाकारी दिनु भयो ।
नगर स्तरीय बालक्लवका सदस्य मेनुका रावतले स्वागत मन्तव्य दिएको तालिमको समापन कार्यक्रममा नेपाल प्रत्रकार महासंघ बाकेका सल्लाहकार नरेन्द्र थापा, जिल्ला वाल क्लव संजालका पुर्व अध्यक्ष अशिष वर्मा, बाके युनेस्को क्लवका ईश्वर विक, नेपाल प्रर्यटन प्रत्रकार संघ बाके साखाका सचिव मधु पौडेल,वाल क्लवका सदस्य तथा पदाधिकारहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij