बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एम्बुलेन्स दुर्घटनाः घाईतेलाई अञ्चल अस्पताल रेफर गरियो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १३, २०७५



  • बैतडी, जेठ १३ । बैतडीमा एम्बुलेन्स दुर्घटनामा परी घाईते भएका चारै जनालाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा रेफर गरिएको छ ।

    रेफर गरिने घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट ,४० बर्षीय देवदत्त भट्ट , १८ बर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ बर्षीय गोविन्द धामी रहेका छन् ।

    घाईते चारै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा कञ्चनपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij