बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

डोटीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १० घाइते

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १४, २०७५



  • कैलाली, जेठ १४ । डोटीमा सोमबार एक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने अरु १० जना यात्री घाइते भएका छन् ।

    डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नम्बर–६, गगुडातर्फ जाँदै गरेको शैलेश्वरी यातायातको से१ज ७८८ नम्बरको जिप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको र १० जना घाइते भएको जनाइएको छ ।

    दुर्घटनामा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा जिपचालक रामबहादुर बिक, जिपधनी भगत द्धारिया र इन्नरी रावत रहेका छन् । अर्का एकजनाको भने सनाखत हुन नसकेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij