बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • इलाम, जेठ १५ । इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा यही जेठ २१ गते परीक्षण उडान गरिने भएको छ ।

    विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण सकिएकाले यही जेठ २१ गते तारा एयरलायन्सको जहाजबाट परीक्षण उडान गर्न लागिएको इन्जिनियर सन्दिप मिश्रले जानकारी दिए ।

    विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भएको धावनमार्गमा उडान परीक्षण गर्ने प्राधिकरणको योजना छ  ।

    गत चैतमै परीक्षण उडान गर्ने तयारी गरिएको भए पनि प्राविधिक कारणले हुन सकेको थिएन ।

    ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij