बर्षात छेत्री, दाङ। पहिलो पटक दाङको तुल्सीपुरमा डिजल बाट चल्ने गाडीको पम्प बनाउने मेसिन राखी सेवा दिन शुरूवात हुने भएको छ ।
यो सेवा दिनका लागि आज एक कार्यक्रमको आयोजना गरि औपचारिक रूपमा उदघाटन गरिएको छ।
उदघाटन राष्ट्रिय अटो ईन्जिनियरिङ एसोसिएसन महासंघको केन्द्रीय अध्यक्ष यम प्रसाद भुसालले गर्नुभएको थियो ।
यो उदघाटन कार्यक्रममा दाङका दर्जनौं अटो ब्याबसायीहरुको उपस्थिति रहेको थियो । युबा ब्याबसायी घनध्याम बस्नेत र बिगत ३० बर्ष देखि मेकानिक काम देशका प्रमुख शहरमा गर्दै आउनुभएका अनुभवी दक्ष मेकानिक उदय राज न्यौपानेको साझेदारीमा करिब २० लाखको लगानीमा शुरूवात गरिए
को छ ।
राप्ती अंचलकै पहिलो अत्याधुनिक डिजल पम्प मेसिन (ई.डि.सि) ईलेक्ट्रोनिक्स युरो थ्री पम्प टेस्टर सि.आर.डि आई (युरो ५ )सहितको रुटर पम्पको अलग स्ट्यान भएको दुबै तिरबाट संचालन गर्न सकिने साना तथा ठु
ला संपूर्ण डिजल गाडीहरु जस्तै, बस,ट्रक,टिप्पर,ट्याक्टर , हाईस,फोर्स,किया,जिप,मिल,जेनेरेटर पम्पका साथै नयाँ पनि उपलब्ध गराईने प्रोप्राईटर घनश्याम बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी ई.डि.सि सुबिधाका लागि यो भन्दा पहिले भारतका विभिन्न शहरहरुमा सेवाका लागि जानुपर्ने अबस्था थियोे तर अब यो सेवा तुल्सीपुरको बसपार्कको पुल्चोकमा रहेको स्वर्गद्वारी डिजल सर्भिसले दिने कुरा अनुभवी मेकानिक तथा प्रोप्राईटर उदय राज न्यौपाने स्याङ्जालिले जलजला खबर संग बताउनुभयो ।