बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बेवारिसे शवको सनाखत

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १५, २०७५



  • बैतडी, जेठ १५ । बैतडीको चौलानी नदी किनारमा फेलापरेको एक पुरुषको बेवारिसे शवको सनाखत भएको छ ।

    उक्त शव दार्चुलाको लेकम गाउँपालिका–६, उच्चाकोटका ४५ वर्षीय कृष्णसिंह धामीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

    शव परिक्षणका लागी गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

    मृतक धामीले मादकपदार्थ सेवन गरेको र भीरबाट लडेर चौलानी नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–६, पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ ७ बजेतिर स्थानीय बासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij