बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

उदयपुरमा चट्याङबाट तीनजनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • उदयपुर, जेठ १७ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२, ताम्लिछामा हावाहुरी र वर्षासँगै बिहीबार साँझ परेको चट्याङबाट तीनजनाको मृत्यु भएको छ ।

    ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी ८ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।

    अन्य दुईपनि घाइते भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालयका जवान र एम्बुलेन्ससहितको टोली घटनास्थलतर्फ पठाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij