बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०७५



  • धादिङ, जेठ १८ । धादिङको पृथ्वी राजमार्गस्थित मलेखुमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

    मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा८७प ३३९३ नम्बरको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा४ख १८९९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेनिघाट–रोराङ गाउँपालिका–४ का निरञ्जन सुनारको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij