बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रेडक्रसको मिस्त्री (मेसन) तालिम समापन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५



  • शिवराज पन्थी,गढवा दाङ
    नेपाल रेडक्रस सोसाइटीको समुदाय उत्थानशिलतामा अभिबृद्धि कार्यक्रमको आयोजनामा जेठ १५ गतेदेखि गोबरडिहाको पत्रिंगामा सुरु भएको समुदायमा आधारीत मिस्त्री (मेसन) तालीमको आईतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।
    नमूना सामुदायिक विपद तथा जलवायु उत्थानशिल समूहका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षता र गढवा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष बबुराम अधिकारीको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा ईन्कोर कार्यक्रम दाङका अधिकृत जगत तामाङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव शिबराज पन्थी, इनकोर कार्यक्रमका फिल्ड अधिकृत देवि प्याकुरेल र सहभागीको तर्फबाट तुलाराम बिश्वकर्मा लगायतले बोल्नु भएको थियो ।

    सो अवसरमा तालिममा २४ जनाको सहभागिता रहेको थियो ।

    छ दिने मेसन तालिममा उत्कृष्ट हुने बलदेव चौधरी, शिवनारायण चौधरी, अनिल चौधरी र नरबहादुर बिक लाई हम्मर तथा हेक्स फे्रम पुरस्कार प्रदान गरिएको थियो । तालिमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका बरिष्ठ ईन्जीनियर मधुकर श्रेष्ठले गर्नु भएको थियो ।

    समापन कार्यक्रमको संचालन रेडक्रस कर्मि गणेश गोग्लीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij