प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५
शिवराज पन्थी,गढवा दाङ
गढवा गाउँपालिकाको सहयोग र महिला तथा वालवालिका शाखाको आयोजनामा आईतवार देखि गढवामा समुदायमा आधारित वाल संरक्षण प्रणालीबारे पाँच दिवसीय तालिम सुरु भएको छ ।
साविक गढवा, गंगापरस्पुर, गोवरडिहा र कोईलाबासबाट छानीएर आएका २५ जना आमाहरुलाई वालवालिकाको संरक्षण, सम्वर्धन, शिक्षा, स्वास्थ्य, प्रजनन प्रणाली, र वाल विकासका बारेमा प्रशिक्षण दिईने महिला तथा वालवालीका शाखाका प्रमुख जिवन कुमारी जिसीले बताउनुभयो ।
गाउँपालिकाका महिला बिकास शखाका सहायक प्रमुख चन्द्रा वलीको अध्यक्षता र न्यायिक समितिका संयोजक एवं गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार शिबराज पन्थी, मनोविमर्सकर्ता निर्मला पाण्डेय र रेडक्रसका सामुदायिक स्वयंसेवक सविना खातुन लगायतले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन जिवन कुमारी जिसीले गर्नुभएको थियो । पाँच दिनसम्म चल्ने तालिमको सहजिकरण महिला तथा वालवालिका कार्यालय दाङका प्रमुख बिष्णुमणी जोशी, श्याम घिमिरे, जिवन जिसी र चन्द्रा वली खड्काले गर्नुहुने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij