बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

तुलसीपुरको उपमहानगरपालिका वडा नम्वर ५ मा सार्वजनिक सुनुवाई “पानीदेखि पुजारीसम्मका कुरा ”

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०७५



  • वसन्त विवश आचार्य, तुल्सिपुर दाङ

    तुलसीपुर, जेठ २१ ।
    तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ निवासी प्रेमप्रकाश गिरीले तुलसीपुरवासीहरु खानेपानीको समस्याले आक्रान्त भएको वताउँदै भने “ तुलसीपुरवासीले नयाँ धारा कहिले जोड्न पाउने ? कहिलेसम्म पानीको हाहाकार हुने ?” उनले प्रश्न गरे लगत्तै पाँच नम्वर वडाका वडाध्यक्ष विरेन्द्र शाहले खानेपानीलाई वृहत योजनामा पारेर पानीको समस्या समाधान गर्नका लागि उपमहानगरपालिका मार्फत वजेट व्यवस्था गर्ने आवश्वासन दिए । वडाध्यक्ष शाहले भने “तुलसीपुरमा टोलटोलहरु मिलेर अव पानीको समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।”
    तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा  ५ नम्वरका वडावासीहरुले आफ्ना जनप्रतिनिधिहरुलाई खुलेर प्रश्न राखे ।  उनीहरुले राम्रा कामको प्रशंसा र केही नराम्रा कामहरु सुधारिनु पर्ने वताए । न्युरोड टोल विकास संस्थाका श्रीराम केसीले पहुँचको भरमा योजना वितरण नहोस् भन्ने कुरामा सजग समेत वताए । उनले भने “योजना निर्माण गर्दा सवैलाई ध्यान दिनहोला” । नयाँबजार टोल विकास संस्थाका अध्यक्ष टिकाराम केसीले वजार सरसफाई अभियानले सार्थकता नपाएको भन्दै योजनावद्ध ढँगले सरसफाई अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
    हिमाल टोलका नागरप्रसाद वैश्यले टोलमा विकासका योजना नपरेको भन्दै गुनासो पोखे । उनले भने “ मेरो टोलमा प्रहरी कार्यालय, अssssssssञ्चल अस्पताल, वृद्धाश्रम लगायका कार्यालय भएर पनि वाटोको निकै समस्या छ । पोल गाडेको केयौ वर्ष भयो अझै पनि तार तानिएको छैन त्यसलाई पनि हेरिदिनुपर्यो ” ।  कार्यक्रममा उपस्थितहरुले पाँच नम्वर वडाले १ वर्षभित्र केही नमुना काम गरेको वताउँदै अझै काम गर्नुपर्ने धेरै कुराहरु रहेको वताए ।
    नामीनगर टोल विकास संस्थाका निर्मल आचार्यले वजारमा पार्किङ्ग अव्यवस्थित भएको वताउँदै व्यवस्थित पार्किङ्गका लागि वडाले पहल गर्नुपर्ने वताए । फुटवल संघ दाङ्गका अध्यक्ष सुशिल श्रेष्ठले खेल मैदान व्यवस्थित नहुँदा गौचरण भएको वताए । उनले तुलसीपुरको नमुनाका रुपमा रहेको खेलमैदानको व्यवस्थापनका लागि वडाले पहल गर्न आग्रह गरे ।  “मैदानमा गाईहरु चरेका हुन्छन् गेट लगाउने व्यवस्था हुनुपर्यो ”
    वडावासी हरि श्रेष्ठले विरेन्द्र चोकको गल्लिभित्र रहेका मन्दिरहरुको पुजारी व्यवस्था गर्नुपर्ने वताए । उनले भने “मन्दिर पनि हाम्रो आस्थाको केन्द्र हो , त्यहाँ पुजारीको व्यवस्था गरिदिनुहोला”
    तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत टंक गौतमले कार्यक्रममा प्रशासनीक विषयमा विभिन्न पक्षका वारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सहजीकरण प्रेस संयोजक वसन्त विवश आचार्यले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij