बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • मकवानपुर, जेठ २३ । मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

    हावाहुरीसँगै गएराति परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको हो ।

    चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

    घाइते हुनेमा निर्मला भ्लोन, निमेष भ्लोन, निशा भ्लोन र राजु थिङ रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij