बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दाङमा व्यवस्थित पशुपालन तालिम सम्पन्न

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २३, २०७५



  • बिमल योगी , दाङ

    दाङ,२३ जेठ । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सञ्चालित उचित पशु व्यवस्थापन तालिम सम्पन्न भएको छ । निर्वाह रुपमा पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायीक र स्वरोजगारमुलक तरिकाले पशुपालन गर्न सहयोग पू¥याउने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

    तालिममा व्यवस्थित पशुपालन गर्ने तरिका,डाले घाँस,उन्नत जातका बाख्रा,बंगुर तथा गाई पालनका फाइदा,औषधी उपचार,खोर तथा गोठ सुधार लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

    यस्तै किशानहरुलाई अघाँखाचीको ठाडा स्थित ह्याचरी उद्योग,राप्ती गाँउपालिकाको गाई तथा बंगुरपालन फर्म,लमही नगरपालिकाको सुन्डरी स्थित माछापालन तथा बाख्रापालन फर्मको अलोकन समेत गराइएको थियो ।

    वडा नम्वर ७ का बरिष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले पशुपालन तालिमबाट स्वदेशमा बसेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने प्रेरणा मिलेको धारणा राखेका छन ।

    तालिममा घोराही उप महानगरपालिकाका पशु सेवा प्रमुख निमबहादुर पुन,वडा सदस्य दिपक चौधरी,सुशिला चौधरी,गोमा नेपाली,वडा सचिव चन्द्रबहादुर केसी,सहभागी पोषणबहादुर वस्नेत,केशरी चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा कार्यालयका सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।

    ३५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षक पशु सेवा प्रमुख निमबहादुर पुन रहनुभएको थियो ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij