बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बझाङमा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५



  • बझाङ, जेठ २३ । बझाङको छबिस–पाथीभेरा गाउँपालिकामा बुधबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।

    भाँडेबजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नम्बरको जिप छबिस–पाथीभेरा गाउँपालिका वडा नम्बर–४ भेटाखानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाउँपालिकाको डाँडागाउँका एकैघरका श्रीमान् ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र श्रीमती ३८ वर्षीया जालदेवी सिंह रहेका छन् ।

    घाइतेको अवस्था पनि गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij