बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५



  • विराटनगर, जेठ २४ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर मृत्यु भएको छ ।

    राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो ।

    उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij