बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

छुवाछुत मुक्त घोषना गर्नको लागि रोल्पामा अन्तरक्रिया कार्यक्रम गरिने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५



  • कमल खड्का होलेरी रोल्पा

    रोल्पा २०७५ जेष्ठ २४ गते

    रोल्पाको रुन्टीगढी गाउँ पालिकाको वडा नं.६ साबिक डुब्रिङ गाबिसलाई जातिय छुवाछुत मुक्त घोषना गर्नको लागि आज सम्पुर्ण सरोकार वाला निकायहरुको बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

    जातका आधारमा ठुलो र सानोे भनी गरिने भेदभाबलाई जातिय छुवाछुत भनिन्छ ।

    देशमा राजतन्त्र अन्य गर्दै संघीय लोकतान्त्री गन्तन्त्र स्थापना गरिएको धेरै समय बितीसक्दा समेत यी यस्ता समस्याले समाजमा जरो गार्दै आएका छन् ।

    उक्त समस्यालाई अन्त्य गर्नको लागि वडा नं. ६ को कार्यलय डुब्रिङ रोल्पामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रम बिहान ११ बजे देखि रुन्टीगढी गाउँपालिका वडा नं.६ को कार्यलय डुब्रिङ रोल्पामा हुने वडा अध्यक्ष जगत बहादुरघर्तीले जानकारी दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij