बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

निर्वाचित वडा दलित महिला सदस्यहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न -नेपालगंज

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५



  • मधु पौडेल, बाँके (नेपालगंज)

    जेष्ठ २४ गते

    समुन्नत विकास र समाजिक न्यायका लागि सबै प्रतिवद्ध हौ भन्ने नाराका साथ आज विहिबार नेपालगंजमा एक दिवसिय निर्वाचित वडा दलित महिला सदस्यहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरीएको छ ।

     

    नेपाल दलित राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना भएको तालिमको उद्घाटन सत्रको प्रमुख अतिथिमा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा रहेकी थिइन, भने सत्रको सभापतित्व संघका उपअध्यक्ष अमृता सुनारले गरेकी थिइन ।

     

    उद्घाटन सत्रमा बोल्दै नेपालगंज उपमहानगरपालिकाका उपमेयर थापाले अझै पनि वडा तथा अन्य क्षेत्रमा दलित महिलाहरुको आत्म विश्वासमा अभाव भएको हुँदा उनीहरुलाई नेतृत्व विकास तथा उनीहरुको भुमिकाको बारेमा स्पष्ट बनाउने पर्ने बताइन ।

     

    उपमेयर थापाले भनिन,वडामा दलित महिला सदस्यहरुको भुमिकाका बारेमा क्षमता विकास गर्नु पर्दछ,निर्वाचित दलित लगाएत सवै महिलाहरुको भुमिका अझै पनि स्पष्ट नभएको अवस्था छ ” ।

     

    उपमेयर थापाले भनिन,वडा सदस्यहरुको भुमिका गौण रहेको हुँदा उनीहरुको भुमिका ,दायित्व नतोकिएको हुँदा समस्या परेको हो ,”।

     

    वडाका हरेक कार्यक्रममा दलित महिला सदस्यहरुको अनिबार्य उपस्थितिको अनिबार्य रहेको उपमेयर थापाले बताइन ।

    उद्घाटन सत्रमा वडा अध्यक्षहरुको तर्फबाट नेपालगंज उपमहानगरपालिका वडा २ का अध्यक्ष सुनिल सिंह हमालले मतन्व्य राख्दै दलित महिलाहरुलाई नेतृत्व विकास सम्वन्धि तालिमको आबश्यकता परेको बताए ।

     

    समाज कल्याण संघका अध्यक्ष देवमत सुनारले तालिमको आवश्यकता तथा उदेश्यका बारेमा बताएका थिए ।

    नेपालगंज उपमहानगरपालिकाको सहयोग तथा सहकार्यमा आयोजित सो तालिममा नगर भित्रका १ देखी २३ वडा सम्मका निर्वाचित दलित महिला वडा सदस्यहरुको सहभागिता रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेका कार्यक्रम संयोजक प्रेम सुनारले बताए ।

    निर्वाचित वडा दलित महिला सदस्यहरुका काम,कर्तव्य ,अधिकार ,घरेलु हिंसा तथा जातिय भेदभाव ऐनका बारेमा तालिम प्रदान गरीएको प्रशिक्षक तथा अधिबक्ता वसन्त गौतमले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij