बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

उखु किसानद्वारा राजमार्ग बन्द गर्ने चेतावनी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५



  • नवलपरासी, जेठ २५ । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

    पटक–पटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगहरुले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेको भन्दै किसानहरुले राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

    उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित उखु उत्पादक कृषक समितिका पदाधिकारीसहितको किसानको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

    ज्ञापनपत्रमा उखुको भुक्तानी नभए एक सातापछि राजमार्ग बन्द गर्ने चेतावनी दिइएको छ ।

    तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानहरुले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए ।

    यो वर्ष जिल्लाका तीन उद्योगले पाँच करोड रुपैयाँ बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ ।

    जिल्लामा वाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानसँग उखु लिएर चिनी उत्पादन गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij