प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५
शिवराज पन्थी, गढवा दाङ जेष्ठ २५
पहुँच परियोजना अन्र्तगत कानून अन्भेषण तथा स्रोत बिकास केन्द्र दाङको आयोजनामा शुक्रबार गोवरडिहामा एक दिवसीय कानूनि शिविर सम्पन्न भएको छ ।
कानूनि सहायता स्वयंसेवक समिति गोवरडिहाका संयोजक विष्णुमाया घिमिरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष बावुराम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी, ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोले, जिल्ला बारका अधिबक्ता अर्जुन अधिकारी, मेलमिलाप केन्द्रका संयोजक रविदेवी राना र न्यायिक समितिका सदस्य आशाराम चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बिपन्न तथा सिमान्तकृत समुदायका लागि न्यायमा पहुँच अभिबृद्धि गर्न स्थानीय तहमा कानून ब्यवसायीहरु उपस्थित गराई नागरिकका समस्याको न्यायिक निराकरणका लागि कार्यक्रमको महत्व रहेको बताएका थिए ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ संयोजक तथा अधिबक्ता मोहन धितालले दिनु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij